सोमवार, आश्विन ५ गते २०८३

रास्वपाले सुरू गर्‍यो हामी सुन्छौं अभियान

सोमवार , श्रावण २५, २०८३

काठमाडौं । सत्तारूढ रास्वपाले हामी सुन्छौं अभियान सुरू गरेको छ।

केन्द्रीय कार्यालय चस्मतिस्थित घन्टीघरमा हामी सुन्छौं अभियान आजदेखि सुरू भएको हो।

नागरिकका गुनासा, समस्या र सुझावहरूलाई प्रत्यक्ष रूपमा सुन्न र सम्बोधनका लागि आवश्यक सहजीकरण गर्न यो अभियान सञ्चालन गरिएको केन्द्रीय कार्यालयले जनाएको छ।

आज केन्द्रीय सदस्य अंकितकुमार यादव र प्रतिनिधिसभा सदस्य अंकिता ठाकुर यो अभियानअन्तर्गत कार्यालयमा उपस्थित छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार