काठमाडौं । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट कुराकानी भएको छ ।
बालेनले पछिल्लोपल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछाने असन्तुष्ट छन् ।
प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए ।
भेटमा केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बतायो ।
बालेन प्रधानमन्त्री बनेयता लामिछाने दोस्रोपल्ट बालुवाटार निवास गएका हुन् । बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्रायः कुनै पनि भेटघाट गर्दैनन् ।