काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, भेटमा तराई–मधेशको पछिल्लो अवस्थाबारे ब्रिफिङ भएको बताइएको छ ।
गृहमन्त्री गुरुङ आफैं मधेश झरेर काम गरेकाले त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । तराई–मधेशमा भएको पछिल्लो घटना र स्थिति साम्य हुँदासम्मको अवस्थाबारे प्रधानमन्त्रीले गृहमन्त्रीबाट जानकारी लिएका छन् ।
आगामी दिनमा कस्तो सुरक्षा रणनीति अपनाउनुपर्ने भन्नेबारे पनि सामान्य छलफल भएको बताइएको छ ।