आइतवार, श्रावण २४ गते २०८३

मुख्यमन्त्रीको विषयलाई लिएर भइरहेका क्रियाकलाप्रति योगेशको आपत्ति

मंगलवार , श्रावण १९, २०८३

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर भइरहेका क्रियाकलाप्रति आपत्ति जनाएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले मुख्यमन्त्री परिवर्तनका नाममा राम्रा नेतालाई विगतदेखि नै पखा लगाउने गरिएको र अहिले पनि त्यो क्रम जारी रहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘नेकपाकाल ९ २०७४ – २०७७० मा प्रदेशसभामा एमालेका सिनियर नेताहरू हुँदाहुँदै कर्णालीको मुख्यमन्त्री माओवादीतर्फÞका नेतालाई । कर्णालीमा समीकरण पटक पटक अदलबदल भयो मुख्यमन्त्रीमा कहिले कांग्रेस त कहिले माओवादी । एमाले जहिल्यै बहुमत पुर्याइदिने पार्टी । पछिल्लो पटक जब एमाले र कांग्रेसको समीकरण बन्यो । कर्णालीको मुख्यमन्त्री एमालेले जसरी पनि लिने र सिनियर नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने भनेर एमाले सचिवालयको बैठकमा हामीले जोड दिएको सम्झना ताजै छ ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार