काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिको लागि दश जनाको संक्षिप्त सूचि प्रकाशन गरिएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले तोकेका कार्यविधि अनुसार आवेदकहरुमध्येबाट दश जनाको नाम सिफारिस गरेको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार संक्षिप्त सूचिमा परेकाहरुमा दयाराम पोखरेल, निरञ्जन पराजुली,बालचन्द्र लुईटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, बिबेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने छन् ।
संक्षिप्त सूचिमा परेकाहरुलाई साउन २२ गते बिहान आठ बजे र चार बजेको समय तोकेर प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि बोलाइएको छ ।