आइतवार, श्रावण २४ गते २०८३

जग्गा बकसपत्र गराउने नाममा तीन लाख घुस, तीन नासुसहित पाँच जना अख्तियारको नियन्त्रणमा

शनिवार , श्रावण १६, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका तीन जना नायब सुब्बाहरुसहित ५ जनालाई घुसरकम सहित नियन्त्रणमा लिएको छ । 

आयोगले नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायीहरु शैलेन्द्र रानामगर र समिर कटवाललाई तीन लाख रुपियाँ सहित नियन्त्रणमा लिएको हो । 

जग्गाको बकसपत्र गराउने कामको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  आयोगको टोलीले उनीहरुलाई सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट उक्त रकम र श्रोत नखुलेको थप चौवीस हजार आठ सय नब्बे रुपियाँ पनि नियन्त्रणमा लिइएको छ । 

उनीहरुलाई ललितपुर महानगरपालिका वडा नं ४ स्थित एक होटलबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार