आइतवार, श्रावण २४ गते २०८३

ब्रड पिकमा तीनवटा ट्र्याकिङ उपकरण भेटियो

शुक्रवार , श्रावण १५, २०८३

काठमाडौं। ब्रड पिकमा तीनवटा ट्र्याकिङ उपकरण भेटिएको छ।

स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई दिएको जानकारीअनुसार ब्रड पिकमा करिब ६ हजारदेखि ७ हजार मिटर उचाइबीच तीनवटा ट्र्याकिङ उपकरण फेला परेको हो।

ठूला हिमाल आरोहण गर्ने पर्वतारोहीहरूले सामान्यतया जीपीएस ट्र्याकिङ उपकरण साथमा बोक्ने गर्छन्।यस्ता उपकरणबाट आरोहीको स्थान पत्ता लगाउन र उनीहरूको गतिविधि निगरानी गर्न सकिन्छ।

सन् २०२४ मा नेपाल सरकारले सगरमाथा आरोहण गर्ने पर्वतारोहीका लागि यस्ता ट्र्याकिङ उपकरण बोक्न अनिवार्य गरेको थियो।ब्रड पिकमा नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना आरोही सम्पर्कविहीन छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार