काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशभरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल गरेका छन ।
छलफलमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन, शिक्षक तथा कर्मचारी व्यवस्थापन, विद्यार्थी सिकाइ उपलब्धि अभिवृद्धिका बिषयमा चर्चा भयको थियो ।
साथै, प्रारम्भिक बालविकास (ECD) लाई थप प्रभावकारी रूपमा सम्बोधन गर्ने तथा विद्यालयमा विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि कार्यक्रम र योजना ल्याउने विषयमा समेत छलफल भएको थियो।