आइतवार, श्रावण २४ गते २०८३

कोशीमा मुख्यमन्त्रीले आह्वान गरे सर्वदलीय बैठक

बुधवार , श्रावण १३, २०८३

काठमाडौँ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सुनसरीमा भएको घटनाका विषयमा लिएर छलफल गर्न उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार दिउँसो १२ ३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक आह्वान गरिएको गरिएको हो ।

बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरू पनि उपस्थित हुनेछन् । बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्‍याउनको लागि अगाडि बढाउने तयारी छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार