आइतवार, श्रावण २४ गते २०८३

सुनसरीको कुन–कुन ठाउँमा छ कर्फ्यु ?

बुधवार , श्रावण १३, २०८३

काठमाडौं । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै अर्को आदेश नआउँदासम्मका लागि कर्फ्यु कायम रहने जनाएको छ । 

कर्फ्यु इटहरी उपमहानगरपालिका ९वडा नं १६ र १७ क्षेत्र अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दाया बाँया क्षेत्र० रामधुनी नगरपालिका ९वडा नं १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दाया बाँया क्षेत्र०, इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र, दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लगाइएको छ । 

कोसी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, गढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्र, हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

कसैले पनि आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ । आदेश विपरीत कोही कसैबाट कर्फ्यु उल्लघंन भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार