आइतवार, श्रावण २४ गते २०८३

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको उनका श्रीमान्ले फेला पारेका थिए ।घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्‍याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको एसपी भट्टराईले जानकारी दिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार