आइतवार, श्रावण २४ गते २०८३

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

शनिवार , श्रावण २, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या अवगत गराउन खोज्दा अवरोध भएको भन्दै निहारिका राजपूत र बिनु यादवले सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएर विरोध जनाएका छन् ।


 उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी बजाएर प्रतीकात्मक विरोध गरेका हुन्  । उनीहरूले आफ्ना मागहरूको उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।


सञ्चारकर्मीहरूसँग बोल्दै निहारिका राजपूतले पत्रकार र मेयर हुँदा आफ्नो मुद्दामा साथ दिएका रवि लामिछाने र बालेन्द्र साह अहिले सत्ता र शक्तिमा पुगेपछि मौन रहेको आरोप लगाइन् ।

पीडितहरूले सिंहदरबार प्रवेशका लागि पास भए पनि प्रहरीले भित्र जान नदिएको र करिब चार घण्टासम्म बाहिरै कुराएको गुनासो गरे ।

धर्नाका क्रममा प्रहरीसँगको घर्षणमा आफ्ना लुगा च्यातिएको र शारीरिक चोट समेत लागेको उनीहरूको दाबी छ । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार