सोमवार, श्रावण २५ गते २०८३

सरकारको निर्णय अकाट्य हुन्न, आवश्यक परे रातारात परिवर्तन हुन्छ:लामिछाने

शनिवार , श्रावण २, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले गर्ने हरेक निर्णय अकाट्य नहुने बताएका छन् ।

सरकारका निर्णयले कुनै ठूलो क्षति हुने देखियो भने त्यसलाई रातारात परिवतर्नग र्न सकिने उनले बताए । 

शनिबार रास्वपा रौतहटका नेता तथा कार्यकर्तासँग कुरा गर्दै उनले सरकारले राम्रो गर्नकै लागि निर्णय गर्ने भए पनि कहिलेकाँही त्यसले क्षति पुग्न सक्नेमा उनले सचेत तुल्याए । 

‘सरकारले जसका लागि लाभ होस् भनेर निर्णय गरेको छ, त्यो निर्णयले लाभ होइन हानी भएछ भने त्यसमा निर्णयहरू परिवर्तन हुन्छ। त्यसमा चिन्ता गर्नु पर्दैन। तर अलिकति समय हामीले दिनुपर्छ,’ लामिछानेले भने, ‘कहिलेकाहीँ व्यवहारमा उतार्नका निमित्त केही काम हो, त्यसले धेरै ठूलो ड्यामेज गर्‍यो भने त त्यसलाई रातारात परिवर्तन गर्नुपर्छ।’

शनिबार रास्वपाका रौतहटका नेता तथा कार्यकर्ताले लामिछानेलाई भेटेर सरकारका कदमले सीमा क्षेत्रको बासिन्दाको जनजीवन कष्टकर बनेको गुनासो गरेका थिए।

सरकारले तोकेको सय रुपैयाँको सीमा र अन्य कदमका विषयमा सभापति लामिछानेसँग समाधानका लागि पहल गर्न आग्रह गरेका थिए। 

नेता तथा कार्यकर्ताको गुनासो सुनेपछि सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेनको बचाउ गर्दै सरकारको नियत गलत नभएको जिकिर गरे। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार