आइतवार, श्रावण २४ गते २०८३

६ सचिवको सरुवा, को कहाँ ?

बुधवार , आषाढ ३१, २०८३

सरकारले एकै पटक ६ जना सचिवको सरुवा गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सरुवाको निर्णय गरेको सरकारी स्रोतको दाबी छ । 

जस अनुसार राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई महावीर पुनको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पुर्‍याइएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा गरिएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमा रहने गरी सरुवा गरिएको छ। महिला मन्त्रालयमा यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रहेका कृष्णबहादुर राउतलाई लगिएको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार