सोमवार, श्रावण २५ गते २०८३

महावीर पुनले एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका छन् ।

ट्राफिक जरिबानासम्बन्धी दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि उनले शनिबार अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका हुन् ।

‘कडा घोषणा– आजदेखि मैले कुनै पनि ठूला–साना युटुवर (युट्युबर)सहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन,’ मन्त्री पुनले ‘एक्स’ मा लेखेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार