काठमाडौँ । गणेश नेपालीको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
शुक्रबार बेलुकी सवा १० बजेतिर शव त्रिवि शिक्षण अस्पताल पठाइएको वीर अस्पतालका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।वीर अस्पतालमा लामो समयसम्म राख्ने सुविधा नभएका कारण शव सुरक्षित राख्नका लागि मात्रै त्रिवि शिक्षण अस्पताल पठाइएको उनले बताए।
‘वीरमा आइसियूमा मानिसको मृत्यु भए पछि बढीमा एक घन्टासम्म मात्रै राख्न सकिन्छ। धेरै समय राख्दा बाँकी बिरामी र अरूलाई पनि संक्रमण फैलिने डर हुन्छ। मृतकका परिवार र सरकारबीच वार्ता र सहमति भएपछि मात्रै पोस्टमर्टम प्रक्रिया अगाडि बढ्ने उनले बताए।
वीर अस्पतालमा शुक्रबार केहीबेर मृतकका परिवारसँग छलफल भएको भए पनि उनीहरूले शनिबार मात्रै वार्ता बस्ने भनेपछि तत्कालका लागि शव सुरक्षित राख्न पठाइएको हो।