ललितपुर । आगामी साउन १५ गतेदेखि ललितपुर महानगरपालिकाले बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।
स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ । तोकिएको हटलाइनमा बिमारीका फोन नं.प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधीसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्ने महानगरपालिकाले जनाएको छ । यस महानगरभित्र करिब दुई लाख ९४ हजार नागरिक रहेका छन् ।