आइतवार, श्रावण २४ गते २०८३

एसियाली विकास बैंकका अध्यक्ष विश्व निकेतन स्कुलमा

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । नेपाल भ्रमणमा आएका एसियाली विकास बैंकका अध्यक्ष मासातो काण्डा, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहितका उच्च अधिकारी त्रिपरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय पुगेका छन् ।

त्यहाँ अध्यक्ष काण्डा र शिक्षामन्त्री पोखरेलले विद्यालयको अवलोकन गर्नुका साथै विभिन्न संरचनाको उद्घाटन समेत गरेका छन् । अवलोकनको क्रममा काण्डाले विश्वनिकेतन विद्यालयको खुले प्रशंसा गरेको विद्यालयले जनाएको छ । 

एसियाली विकास बैंकको सहयोगमा विश्व निकेतनमा विद्यालय भवन निर्माण गरिएको छ भने सूचना प्रविधिको क्षेत्रमा पनि सहयोग गरेको छ । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले एसियाली विकास बैंकको सहयोगमा विद्यालयमा थुप्रै संरचना निर्माण भएको बताए ।

काण्डा आइतबार काठमाडौं आएका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पनि भेट्ने कार्यक्रम छ ।

740628623_3924262851044144_7681444447495688834_n.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार