आइतवार, श्रावण २४ गते २०८३

पूर्व उपसभामुख राना भारत भ्रमणमा

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । पूर्वउपसभामुख एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर भारतको हैदरावाद प्रस्थान गरेकी छिन् ।

भारतको तेलांगाना सरकारले आयोजना गरेको ग्रिन ग्रोथ इकोनोमिक समिटमा सहभागी हुन सांसद राना सोमबार विहान नयाँ दिल्ली हुँदै हैदरावाद प्रस्थान गरेकी हुन् ।

दुई दिनसम्म चल्ने ग्रिन ग्रोथ इकोनोमिक समिट नोभोटेल हैदराबाद कन्भेन्सन सेन्टरमा हुँदैछ । नेपालबाट पूर्वउपसभामुख रानालाई आमन्त्रण गरिएको हो ।

सम्मेलनले विश्वभरका विज्ञहरू, कूटनीतिज्ञहरू, निर्वाचित प्रतिनिधिहरू, उच्च सरकारी अधिकारीहरू, उद्योगका अगुवाहरू, लगानीकर्ताहरू, नवप्रवर्तकहरू, शिक्षाविद्हरू र नीति निर्माताहरूलाई एकै मञ्चमा भेला गराउने आयोजकले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार