आइतवार, श्रावण २४ गते २०८३

चिनियाँ वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल आउँदै

आइतवार , आषाढ २१, २०८३

काठमाडौँ । नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन् ।

अर्थ मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

मंगलबार बस्ने द्विपक्षीय बैठकको नेतृत्व नेपालको तर्फबाट अर्थ सचिव र चीनका तर्फबाट वाणिज्य उपमन्त्री यानले गर्ने बताइएको छ । 
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणबाट फर्केपछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

मन्त्री खनालको भ्रमणको क्रममा नेपाल र चीनबिचको द्विपक्षीय व्यापार, आर्थिक, प्राविधिक सहायता, कनेक्टिभिटी, सडक सञ्जाललगायतको विषयमा भएको कुराकानीबारे पनि थप छलफल हुने बताइएको छ ।

चिनियाँ उपमन्त्री यानले अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार