आइतवार, श्रावण २४ गते २०८३

केपभर्डविरुद्ध अर्जेन्टिनाको जित

शनिवार , आषाढ २०, २०८३

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले केपभर्डविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ। 

यो जितसँगै विश्वकपको साविक विजेता अर्जेन्टिना जारी विश्वकपको राउन्ड अफ १६ अर्थात् प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको छ। 

निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले ३-२ को गोल अन्तरमा केपभर्डविरुद्ध जित हासिल गरेको हो। 

अतिरिक्त समयको सुरुमै अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजले गोल गर्दै खेललाई २-१ को अग्रता दिलाएका थिए।

तर, लगत्तै केपभर्डले गोल फर्काएको थियो। १०३औँ मिनेटमा सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई २-२ को बराबरीमा ल्याएका थिए।

तर, खेलको १११ औँ मिनेटमा डाइनी बोर्जेसले आत्मघाती गोल गर्दा खेल ३-२ ले अर्जेन्टिनाको पक्षमा आयो। 

निर्धारित सयमयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो। 

अमेरिकाको मियामी स्टेडियममा भएको खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले केपर्भविरुद्ध पहिलो गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए। 

केपभर्डका डेरोय डुआर्टेले ५९ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार