आइतवार, श्रावण २४ गते २०८३

हट्यो तुईन खोलाको अवरोध, यातायात सुचारु

बुधवार , आषाढ १७, २०८३

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित तुइनखोलामा बुधबार बिहान सुक्खा पहिरो खस्दा ‍बन्द भएको मुग्लिन नारायणगढ सडक खण्ड खुलेको छ।

सडक डिभिजन भरतपुरले सूचना जारी गरी पहिरो पन्छाएर सडक खुलाइएको जानकारी दिएको हो। आज बिहान पौने एघार बजे तुइनखोलामा सुक्खा पहिरो खस्दा दुवैतर्फ यातायात बन्द भएको थियो। 

तर सडक डिभिजन भरतपुरले तत्काल हेभी मेसिन प्रयोग गरी पहिरो पन्छाएर १ घण्टाभन्दा कम समयमै सडक खुलाएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार