आइतवार, श्रावण २४ गते २०८३

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ हुँदै, पार्टी कार्यालयमा भिड

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारीहरु र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।

पार्टी कार्यालय वनस्थलीमा हुने शपथ ग्रहण कार्यक्रमका लागि अहिले पदाधिकारी र केन्द्रीय सदस्यहरु जम्मा हुन थालेका छन् । धेरै नेताहरु कार्यालय परिसरमा पुगिसकेका छन् ।


रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो । तीन दिनमा सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै ६ दिनसम्म लम्बिएको थियो ।

उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनीत हुनेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार