आइतवार, श्रावण २४ गते २०८३

रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक हुँदै

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ ।

विहिबार बिहान भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक गर्न लागिएको हो । रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुने छन् ।

बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वतस् केन्द्रीय सदस्य रहनेछन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार