सोमवार, श्रावण २५ गते २०८३

रास्वपा महाधिवेशनः निर्वाचन नसकी फर्किन थाले प्रतिनिधिहरु

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशन प्रतिनिधिहरु घर फर्कन थालेका छन् । केन्द्रीय सदस्यको लागि मतदान गरेलगत्तै प्रतिनिधिहरु फर्किन थालेका हुन् ।

मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि थप दुई दिन लम्बिएपछि प्रतिनिधिहरू घर फर्कन लागेका हुन् ।बुधबार मध्यरातिदेखि ९९ जना केन्द्रीय सदस्यको लागि मतदान जारी छ । बिहीबार दिउँसोसम्म केन्द्रीय सदस्यको लागि मतदान जारी हुने देखिएको छ ।

सभापति र केन्द्रीय सदस्यको निर्वाचन भएपछि मात्रै थप पदाधिकारीको लागि दोस्रो चरणमा मतदान गर्ने विधानको व्यवस्था छ ।

मंगलबारबाट महाधिवेशन लम्बिए लगत्तै प्रतिनिधिहरु घर फर्कन लागेका थिए । भूगोलबाट केन्द्रीय सदस्यमा उठेका एक उम्मेद्वारको अनुसार ५० प्रतिशत बढी प्रतिनिधिले चितवन छोडिसकेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधिको यकिन तथ्याङ्क बाहिर ल्याएको छैन । आयोगका अनुसार ४१ सय हाराहारी प्रतिनिधि रहेका छन् ।

निर्वाचन आयोगले पदाधिकारीको लागि हुने मतदानको कार्यतालिका हालसम्म सार्वजनिक गरेको छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार