झापा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भ्रष्टाचारसँग सम्बन्धित पुराना सबै फाइल खोल्न सरकारलाई अनुरोध गरेका छन् । यस्तो फाइल खोल्दा कांग्रेसका कुनै नेता कार्यकर्ता परेमा आफ्नो पार्टी चुइक्क पनि नबोल्ने उनले बताए ।
मंगलबार झापाको जिल्लास्तरिय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक वर्षभित्रमा हरेक नेपालीलाई नेपाली कांग्रेस जिन्दावाद भन्ने गराउने प्रतिवद्धता जनाए ।
विगतमा बालबालिकाले समेत नेपाली कांग्रेस र यसका नेताविरुद्ध मुर्दावादको नाता लगाउने गरेको बताउँदै थापाले एक वर्षभित्रमा हरेक घर घरमा पुगेर कांग्रेस जिन्दाबाद भन्ने वातावरण बनाउने बताए । तर त्यसको लागि पार्टी नै मिल्नुपर्ने बताए ।