बुधवार, भाद्र ३ गते २०८३

महानगरपालिकाका १९८ जना ज्येष्ठ नागरिकलाई सम्मान

सोमवार , आषाढ ८, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ३० ले १९८ जना वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । उर्वर समयमा समाजका लागि उनीहरुले दिएको योगदानको कदर स्वरुप सम्मान प्रदान गरिएको वडा नं. ३० ले जनाएको छ । 

कार्यक्रमको अध्यक्षता वरिष्ठ ज्येष्ठ नागरिकमध्येबाट त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा। डा। पार्थिवेश्वर तिमिल्सिनालाई गराइएको थियो । 

वडाको कार्यक्रमले ज्येष्ठ नागरिकलाई घर बाहिर आउन, आफूजस्तै अरु पनि रहेछन् भन्न बल पुगेको छ । कार्यक्रमका अध्यक्ष प्राध्यापक डा. तिमिल्सिनाले  नागरिकले सरकार सुन्न, छाम्न र महसुस गर्न सक्नु नै मुख्य विकास भएको भन्दै खुशी व्यक्त गरे । 

वडा सचिव देवराज जोशीका अनुसार १०६ जना महिला र ९२ जना पुरुष गरी १९८ जनालाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमध्ये सबैभन्दा पाको उमेरको ९४ बर्षिया लक्ष्मी कपाली थिइन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार