काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा गुट र उपगुटको बिउ नरोप्न पनि कार्यकर्तालाई अनुरोध गरेका छन् ।
उक्त पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले यतिखेर मुलुकका अन्य पार्टी ठूलो आन्तरिक समस्यामा फसेको बताउँदै छिटो उक्त समस्या सल्टाउन शुभकामना पनि दिए ।
मुलुक अहिले आफ्नो पार्टीको सरकारको हातमा भएकोले ढुक्क रहन जनतालाई अनुरोध गरेका छन् ।