काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह –बालेन) ले आफूलाई बोल्न मन नलागेपनि बोल्नुपर्ने दिन आइहाल्ने भन्दै ठट्टा गरेका छन् ।
उक्त पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकार भनेको सडकमा गुडेको गाडी जस्तै भएको बताउँदै उनले गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताए ।
सरकारको बारेमा चिन्ता नलिन जनतालाई आग्रह गर्दै उनले सरकार गन्तव्यमा पुगेरै छोड्ने उनले बताए ।