आइतवार, श्रावण २४ गते २०८३

रास्वपा महाधिवेशनमा उखरमाउलो गर्मी, प्रतिनिधिहरु हायलकायल

आइतवार , आषाढ ७, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनस्थल चितवन अहिले उखरमाउलो गर्मीले तातिएको छ । महाधिवेशनस्थलमा आउने प्रतिनिधि समेत गर्मीका कारण हायलकायल बनेकका छन् । 


यद्यपि, उनीहरु गर्मीको समेत कुनै प्रवाह नगरी महाधिवेशनस्थलमा सक्रिय रुपमा सहभागी भइरहेका छन् । 

चितवनमा शनिबार राती मुसलधारे पानी समेत परेको थियो । तर, आइतबार चर्को घाम लागिरहेको छ । 

घामसँगै गर्मी चर्किएपछि आगन्तुकहरु महअधिवेशन वरपर रहेका पसलमा चिसो पेय पदार्थ किन्न वयवस्त छन् ।

पसलमा दुग्ध विकास संस्थानको दही, मही लगायतका सामग्री बिक्रिमा राखिएका छन् । फलफूल पसल पनि चलायमान रहेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार