आइतवार, श्रावण २४ गते २०८३

रास्वपा महाधिवेशनमा नेताहरु आउने क्रम जारी, श्रीमती र छोरी लिएर पुगे प्रधानमन्त्री शाह

आइतवार , आषाढ ७, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रथम महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता तथा मन्त्रीहरु आउन थालेका छन् ।

महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् । उनी केहीबेरअघि भरतपुर विमानस्थलमा उत्रेका हुन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् । उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए ।

रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उदघाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।

कांग्रेस सभापति गगन थापा पनि महाधिवेशनमा सहभागी हुन चितवन जाँदैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेल, एमाले नतो प्रदीप ज्ञवाली लगायत पनि महाधिवेशनस्थलमा पुगिसकेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार