चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( को प्रथम महाधिवेशन उदघाटनस्थल जमेको पानी मोटर लगाएर फालिएको छ ।
महाविधेशन उदघाटन समारोहस्थल गेष्टहाउस चौरमा सहभागीहरु बस्नका लागि तयार गरिएको छानोसहितको ‘जर्मन ह्याङ्गर’ को तल भुइँमा जमेको थियो । अहिले स्वयंसेवकहरुले मोटर लगाएर पानी फ्याँकीरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्टहाउस चौर होचो भाग भएकाले पानी पर्नासाथ जम्ने गर्दछ । पानी जमेर खाल्डो भएको ठाउँमा अहिले माटो राखेर सम्याउने काम भइरहेको छ ।
महाधिवेशन उदघाटन स्थलमा सहभागीहरु बस्न बनाइएका तीन वटा सेक्सनमध्ये २० मिटर चौडा र ७५ मिटर लम्बाइको मुख्य खण्डको ह्यांगर तल पानी जमेको छ । मुख्य सेक्सनभन्दा माथिको ह्यांगरमा भने खासै पानी जमेको छैन । तल्लो सेक्सनमा छिपछिपे पानी छ ।