काठमाडौं । नेपालक कम्युनिष्ट पार्टी (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय रहेको बताएका छन् ।
उक्त पार्टीको प्रथम राष्ट्रिय महाधिवशनको सन्दर्भमा आइतबार शुभकामना सन्देश दिदैं भट्टराइले यस्तो बताएका हुन ।
यस्तो छ उनको शुभकामना सन्देश ।
संसदको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि चितवनमा आयोजना भैरहेको छ । म यो महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दछु ।
स्थापनाको छोटो समयमा रास्वपाले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय छ । जोश र उत्साहको जगमा निरासा र बिकल्पको खोजीमा रहेको जनमतलाई आकर्षित गरेर फैलिएको पार्टीलाई बिचार, संगठन, नीति र नेतृत्व मार्फ़त स्थिर गर्ने कार्यभार यो महाधिवेशन सामुन्ने रहेको छ ।
लोकतन्त्र, संविधान, बिधिको शासन, मानवधिकार, प्रेस स्वतन्त्रता, खुला र बहुलवादी समाज नेपाली जनताको एक शताब्दीलामो संघर्ष र बलिदानबाटप्राप्त भएका उपलब्धीहरू हुन । संसदको ठुलोदल अनि एकल सरकार संचालनको नेतृत्व गरिरहेको दलबाट यसप्रतिको सम्मान र प्रतिबद्धताको अपेक्षा गरिन्छ ।
समस्त रास्वपाजनमा हार्दिक शुभकामना१