चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनस्थलमा पानीको ताल बनेको छ । शनिबार राती परेको मुसलधारे पानीका कारण महाधिवेशनस्थल रहेको गेष्टहाउस चौरमा पानी जमेको हो ।
दिउँसो दुई बजे महाधिवेशनको उद्घान गर्ने कार्यतालिका छ । उद्घाटनको लागि अहिले मञ्च निर्माणको काम धमाधम भइरहेको छ भने चौरमा जमेको पानी व्यवस्थापनको तयारी पनि भइरहेको छ ।