आइतवार, श्रावण २४ गते २०८३

रास्वपाको महाधिवेशनमा सेना परिचालन गरिएको छैन –जिप्रका चितवन

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सेना परिचालन नगरिएको जिल्ला प्रशासन कार्यालय चितवनले स्पष्ट पारेको छ । कार्यालयले शनिबार विज्ञप्ति जारी गरेर यसबारेमा स्पष्ट पारेको हो । 

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७,८ र ९ गते चितवनमा हुँदैछ । महाधिवेशनको सन्दर्भमा सेना परिचालन गरिएको भन्दै केहि सञ्चार माध्यमबाट समाचार प्रकाशन तथा प्रशारण भएको भन्दै प्रशासन कार्यालयले खण्डन समेत गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, त्यस्ता किसिमको कपोलकल्पित समाचारप्रत जिल्ला सुरक्षा समिति खेद प्रक्ट गर्दै पूर्ण खण्डन गरिएको र उक्त समाचारमा कुनै सत्यता नरहेको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

chitwan notice.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार