आइतवार, श्रावण २४ गते २०८३
फिफा विश्वकप २०२६

गोलको वर्षासँगै मेस्सी र जोनाथन डेभिड शीर्ष स्थानमा, क्यानडाको ऐतिहासिक प्रदर्शन

शनिवार , आषाढ ६, २०८३

काठमाडौ । उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) मा संयुक्त रूपमा आयोजना भइरहेको फिफा विश्वकप २०२६ को प्रारम्भिक चरणमा गोलको रोचक प्रतिस्पर्धा देखिएको छ।

प्रतियोगिता सुरु भएको केही दिनमै स्टार खेलाडीहरूबीच 'गोल्डेन बुट' का लागि कडा प्रतिस्पर्धा सुरु भइसकेको छ। हालसम्मको खेल तालिकाअनुसार अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र क्यानडाका स्टार स्ट्राइकर जोनाथन डेभिड संयुक्त रूपमा शीर्ष स्थानमा देखिएका छन्।

३८ वर्षीय भेट्रान खेलाडी लियोनेल मेस्सीले आफ्नो कीर्तिमानी छैटौँ विश्वकपको पहिलो खेलमै अल्जेरियाविरुद्ध उत्कृष्ट ह्याट्रिक प्रहार गर्दै सानदार सुरुवात गरेका थिए।

अर्कोतर्फ, क्यानडाले कतारमाथि ६–० को ऐतिहासिक जित दर्ता गर्ने क्रममा जोनाथन डेभिडले पनि सानदार ह्याट्रिक पूरा गरे। दुवै खेलाडी हाल ३–३ गोल सहित विश्वकप २०२६ को सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन्।

प्रतियोगिताको सुरुवातमा खेलाडीहरूको गोल सङ्ख्या यस प्रकार रहेको छ:

खेलाडी देश गोल सङ्ख्या
लियोनेल मेस्सी अर्जेन्टिना ३ गोल (ह्याट्रिक)
जोनाथन डेभिड क्यानडा ३ गोल (ह्याट्रिक)
किलियन एम्बाप्पे फ्रान्स २ गोल
ह्यारी केन इङ्गल्यान्ड २ गोल
अर्लिङ हालान्ड नर्वे २ गोल
काई हाभर्ट्ज जर्मनी २ गोल

यसबाहेक स्विट्जरल्यान्डका जोहान मन्जाम्बी, अमेरिकाका फोलारिन बालोगुन, र स्वीडेनका यासिन अयारीले पनि २–२ गोल गरेर शीर्ष स्थानका खेलाडीहरूलाई पछ्याइरहेका छन्।

कुन मुलुक अग्रस्थानमा ?

यसपटकको विश्वकपमा टिमगत प्रदर्शनका आधारमा क्यानडा सबैभन्दा बलियो र आक्रामक रूपमा प्रस्तुत भएको छ।

क्यानडाले कतारविरुद्ध ६–० को विशाल अन्तरले जित निकाल्दै प्रतियोगिताकै सबैभन्दा ठूलो जितमध्ये एक दर्ता गरेको छ। टोलीका लागि जोनाथन डेभिडले ३ र काइल लारिनले २ गोल गरेपछि क्यानडा सर्वाधिक गोल गर्ने र ठूलो गोल अन्तर राख्ने देशका रूपमा अग्रस्थानमा देखिएको छ।

त्यसैगरी, पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका जर्मनी र स्विट्जरल्यान्डले पनि ४–४ गोल गर्दै बलियो उपस्थिति जनाएका छन् भने फ्रान्सले सेनेगललाई ३–१ ले हराउँदै उपाधि दाबेदारी बलियो बनाएको छ। प्रतियोगिता अझै प्रारम्भिक चरणमै रहेकाले आगामी खेलहरूसँगै गोलको यो समीकरणमा थप फेरबदल आउने निश्चित छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार