काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले प्रधानमन्त्रीले मौनता मिश्रीत शक्ति प्रदर्शन गरेको बताएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्रीले जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा त्यस्तो नभएको उनले बताईन् ।
प्रधानमन्त्री कार्यालयका कर्मचारीबाट कुटनितिक नियोगको मर्यादा र छविमा प्रश्न उठ्ने गतिविधि भएको पनि उनले बताईन् । मुलुक संस्थापक शासककेन्द्रित हुनुपर्नेमा व्यक्ति केन्द्रितर्फ गइरहेको उनले बताईन् । संवैधानिक निकायका स्वतन्त्रता सुनिश्चत गर्ने सरकारको योजना के हो भन्ने प्रश्न पनि उनले गरिन् । संस्था बलियो भएमात्रै लोकतन्त्र पनि बलियो हुने उनले बताईन् ।
कुटनीतिक मर्यादा खस्कियो भने त्यसको असर मुलुकले भोग्नुपर्ने तर्फपनि उनले सचेत गराईन् ।