आइतवार, श्रावण २४ गते २०८३

रास्वपा महाधिवेशनको तयारी अन्तिम चरणमा,जर्मन प्रविधिको डोम निर्माण हुँदै

शुक्रवार , आषाढ ५, २०८३

चितवन । सत्ताररुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेसन  असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुँदै छ । 

महाधिवेशनका लागि १८ वटा विभिन्न उपसमितले तयारी गरिरहेका छन् । अहिले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको उक्त पार्टीले जनाएको छ । 


महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा हुनेछ । 

बन्दसत्र उद्योग सङ्घ चितवनमा हुने गरी तयारी भइरहेको रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए । उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माणको काम भइरहेको छ । 

करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीन वटा डोम जोडेर एउटै सभाहल बनाइने छ । डोमको छानो ‘वाटरप्रुफ टेन्साइल फेब्रिक’ बाट बनाइँदै छ । मौसमको ख्याल गरेर घाम, पानी तथा हावाको प्रभावबाट सहभागीहरूलाई सुरक्षित बनाउन लागिएको  हो ।

रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेलका अनुसार डोमभित्र एलइडी स्व्रिmन, पङ्खा, कुलर र कुर्ची व्यवस्थापनका लागि पर्याप्त स्थान रहने छ ।  अन्तर्राष्ट्रियस्तरका ठुला कार्यक्रममा प्रयोग हुने प्रविधि अनुसार बलियो, सुरक्षित र मौसम प्रतिरोधी संरचना निर्माण भइरहेकाले चितवन आउने देशभरीका रास्वपा प्रतिनिधिलाई सहज हुने उनले जानकारी दिए ।  

उद्घाटनका क्रममा चितवनका विभिन्न संस्कृति झल्कने ब्यानर सजावटका रूपमा रहने बताइएको छ । महाधिवेशन स्थल परिवर्तन गरेर भरतपुर ल्याइएको हो ।

यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटेल स्टारमा गर्ने तयारी भए पनि अन्तिम अवस्थामा भरतपुर सारिएको हो । चितवनको टाँडीमा करिब छ हजार प्रतिनिधि अट्ने बाँसको पन्डाल बनाउने काम भए पनि भरतपुरमा सारिएको हो । अहिले भरतपुरमै डोम बनाउने कार्य सुरु भएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार