आइतवार, श्रावण २४ गते २०८३

बजेट अभावमा बालबालिकाको पढ्ने अधिकार हनन् गरिदैंन – शिक्षामन्त्री

बिहिवार , आषाढ ४, २०८३

काठमाडौँ  । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले एकजना विद्यार्थीको पनि शैक्षिक अधिकार वञ्चित नगर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

संसदमा न्यून विद्यार्थी भएको विद्यालय गाभ्न सुझाव आएको भन्दै मन्त्री पोखरलेले न्यून विद्यार्थी भएकै आधारमा विद्यालयलाई गाभेर एउटा पनि विद्यार्थीकै शैक्षिक अधिकारबाट सरकारले वञ्चित नगर्ने बताएका हुन् ।

सांसदहरुले भौगोलिक दुरी, विद्यार्थीको संख्याको आधारमा विद्यालय गाभ्ने, तह घटाउने लगायत विषय उठाएका थिए ।  

उनले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयको भौतिक सर्वेक्षण गरेर, विद्यार्थीको संख्याको आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सोहीको आधारमा बजेटले सम्बोधन गर्ने बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार