आइतवार, श्रावण २४ गते २०८३

फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने फेजुल्लाएभ

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा कोलम्बियाले उज्बेकिस्तान विरुद्ध फेरि अग्रता लिएको छ ।

मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भइरहेको खेलमा लुइस डियाजले ६५औं मिनेटमा गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाएका हुन् ।विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले बराबरी गोल फर्काएको पाँच मिनेटपछि नै डियाजले गोल गरेका हुन् ।उज्बेकिस्तानका फेजुल्लाएभले ६०औं मिनेटमा बराबरी गोल गरेका थिए । उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने ।

त्यसअघि कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले लुइस डियाजको पासमा वान टच फिनिसिङ गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार