सोमवार, श्रावण २५ गते २०८३

जी–सेभेनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । ‘ग्रुप अफ सेभेन’ (जी–७) शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन भएको छ । जी ७ को शिखर सम्मेलन बुधबार फ्रान्सको एभियान शहरमा आयोजना हुँदैछ । 

‘फासीवाद र साम्राज्यवाद’को प्रतिरोध गर्ने उद्देश्यका साथ विभिन्न समूह र संगठनहरूको आवद्धता रहेको ‘नो जी–७ गठबन्धन’ले नेतृत्वमा आइतबार दिउँसो प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरू जेनेभा ताल किनारको एउटा पार्कमा भेला भई शहरको तोकिएको मार्ग हुँदै बिस्तारै अघि बढेका थिए । तालमा एउटा सेतो डुङ्गा तैरिरहेको देखिन्थ्यो, जसको पालमा ‘नो जी–७’ लेखिएको थियो ।

प्रदर्शनकारीहरूले ‘जी–७ लाई अस्वीकार गरौँ’ जस्ता नारा लेखिएका विभिन्न प्लेकार्डहरू बोकेका थिए । शुरुमा प्रदर्शन ठूलो मात्रामा शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढेको भएपनि पछि केही विस्फोटका आवाज सुनिएका थिए । कालो धुवाँ उडिरहेको पनि देखिन्थ्यो । यस क्रममा एउटा टेस्ला कारमा आगो लगाइएको समेत देखिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार