सोमवार, श्रावण २५ गते २०८३

संसदभवनको काम छिटो नसके दैनिक एक करोड जरिवाना गर्ने सभामुखको चेतावनी

सोमवार , आषाढ १, २०८३

काठमाडौं । सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणाधीन संसद् हलका काम छिटो सक्न निर्देशन दिएका छन् । सोमबार संसद् सचिवालयका कर्मचारीहरूसहित निरीक्षणमा पुगेका उनले हल तयार गर्ने यकिन मिति भन्न निर्देशन दिए ।

नभए हरेक दिन एक करोड जरिवाना तिराउने चेतावनी पनि उनले दिए ।

गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन । सहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न अर्यालले निर्देशन दिएका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार