सोमवार, श्रावण २५ गते २०८३

कैलालीमा टेम्पो खसालिएको घटनाको छानबिन गर्न  समिति

सोमवार , आषाढ १, २०८३

 

कैलाली । कैलालीको गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ ।


वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिलाई सत्यतथ्य पत्ता लगाई ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।  

समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा रहेका छन् ।

गत जेठ २९ गते अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा र विवाद सिर्जना गरेको थियो ।

त्यसपछि प्रदेश सरकारले घटनाको यथार्थता पत्ता लगाउन छानबिन समिति गठन गरेको हो । उक्त घटनामा सोधपुछका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार