सोमवार, श्रावण २५ गते २०८३

मलमास भएर नयाँ पार्टी खोल्न सकेनौ – धवल शम्शेर

आइतवार , जेठ ३१, २०८३

काठमाडौं ।  भर्खरै नयाँ पार्टी गठन गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता धवल शम्शेर राणाले वर्तमान सरकार गठन भएको १०० दिन नपुगे पनि यसबिचमा धेरै गल्ति गरिसेकेको आरोप लगाएका छन् । 

आफूहरुको प्रस्तावित पार्टीबारे जानकारी दिन आइतबार कार्यक्रम गरेर राणाले भने, ‘बालेन सरकारमाथि १०० दिन पनि नपुग्दै प्रश्न उठेको छ, यो सरकारले तमाम गल्तीहरू गरिसकेको छ ।’

देशमा बालेन शाह नेतृत्वको सरकार असफल भयो भने जनताले विकल्प खोज्ने आफूहरूले विकल्प दिने उनको भनाइ थियो ।

आफ्नो पार्टी यसअघि नै खुलिसकेको हुने भएपनि मलमासका कारण रोकिएको उनले बताए । मलमासपछि नाम, झण्डा, पार्टीको योजनालगायत सार्वजनिक हुने उनले बताए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार