काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् ।
उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए । बेइजिङस्थित नेपाली दूतावासका अनुसार खनाल स्थानीय समय अनुसार आइतबार अपराह्न त्यहाँ पुगेका थिए ।
। बेइजिङस्थित विमानस्थलमा खनाललाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्नेछन् ।
यसअघि खनालले बेइजिङस्थित नेपाली दूतावासमा वृक्षरोपण गरेका थिए । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।