काठमाडौँ । आज (आइतबार) पनि सुन–चाँदीको भाउ बढेको छ। शुक्रबार तोलामा पाँच हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार प्रतितोला चार हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।