काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–५ स्थित कृष्ण प्रणामी आश्रम (इस्कन)मा बालबालिकामाथि यौनजन्य दुव्र्यवहार भएको आशंका गरिएको छ । यस्ता घटनामा संलग्न भएको आशंकामा एकजना व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका लागि सुरजकृष्ण श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । उनी इस्कन सम्बद्ध रहेको बुझिएको छ ।
उनले केही बालबालिकामाथि मानसिक तथा शारीरिक दुव्र्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको भट्टराईले बताए । घटनाको गम्भीर छानबिन भइरहेको र घटनाको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले बताए ।
हिन्दू धर्मको प्रचार र प्रबद्र्धनका लागि विदेशी दातृ संस्थाको सहयोगमा आश्रम सञ्चालित छ । यो संस्था विश्वका विभिन्न देशमा सञ्चालित छ ।