आइतवार, श्रावण २४ गते २०८३

काठमाडौंको फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

शनिवार , जेठ ३०, २०८३

काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ । 

यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

आयोजना कार्यान्वयन निर्देशनालय ९पीआईडी०ले धोबीखोला, गुह्येश्वरी र कोड्कुलगायत क्षेत्रमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । 

शुक्रबार पूर्वाधार विकास मन्त्रालय, पीआईडी तथा एसियाली विकास बैंक एडीबीका प्रतिनिधिले गुह्येश्वरी र धोबीखोलामा निर्माण भएका प्रशोधन केन्द्रको संयुक्त अनुगमन तथा निरीक्षण गर्नु भएको छ । 

गुहेश्वरी फोहर पानी प्रसोधन केन्द्र प्रतिदिन तीन करोड २५ लाख लिटर फोहर पानी प्रसोधन गर्न सक्ने क्षमताको निर्माण गरिएको जनाइएको छ ।

प्रशोधन केन्द्र सञ्चालनमा आएपछि वाग्मती तथा यसका सहायक नदीमा प्रत्यक्ष रूपमा मिसिने फोहोरपानीको मात्रा घट्ने, नदीको पानीको गुणस्तर सुधार हुने तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार