सोमवार, श्रावण २५ गते २०८३

सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी प्रतिवेदनमा कांग्रेस सांसदको चासो –कहिले सार्वजनिक हुन्छ ?

शुक्रवार , जेठ २९, २०८३

 

काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका भरत खड्काले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सुधन गुरुङको सम्पति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयरबारे प्रश्न उठेको थियो । त्यसमाथि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो । समितिले प्रतिवेदन बुझाएको एक साता भयो । तर सार्वजनिक भएको छैन ।

समितिको प्रतिवेदन आएपछि पुनः सुधन गुरुङ गृहमन्त्री भएका छन् । तर, उनीमाथिको छानबिन प्रतिवेदन भने सार्वजनिक भएको छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार