काठमाडौं । सरकारले विश्वकप फुटबल देखाउने भनिएका अनधिकृत वेबसाइट र एपहरु बन्द गर्ने तयारी गरेको छ । विशवकल फुटवल विहिबार मध्यरातबाट सुरु हुँदैन ।
पछिल्लो समय विश्वकप निशुल्क हेर्न भन्दै विभिन्न लिंकहरु पठाउने र त्यहाँबाट ठगी गर्ने धन्दा सुरु भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विश्वकप निःशुल्क हेर्न मिल्ने भन्दै देखिएका लिंकमा क्लिक गर्दा ठगिएको भन्दै ७७ वटा उजुरी ब्यूरोमा आएको छ ।
उजुरीमा १ करोड ६८ लाख ३८ हजार ६८८ रुपैयाँ बराबरको ठगी भएको उल्लेख छ ।
यसरी निःशुल्क विश्वकप हेर्न भन्दै लिंक पठाएर ठगी गर्ने क्रम सुरु भएपछि जथाभावी लिंक क्लिक नगर्न साइबर ब्यूरोले अनुरोध गरेको छ । ‘विश्वकप निःशुल्क हेर्ने नाममा मान्छेहरु लाखौं पाइएको छ । जथाभावी लिंक क्लीक नगर्न हामीले अनुरोध गरेका छौं,’ एसपी गिरीले अनलाइनखबरसँग भने ।
यसैबीच फिफा विश्वकप २०२६ को खेल अनधिकृत रूपमा लाइभ प्रसारण गर्न सक्ने सम्भावित वेबसाइट र मोबाइल एपमा सरकारले प्रतिबन्ध लगाउने तयारी गरेको छ ।